गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

गुल्मी

छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक नेपाल बीच कपडा बैंक सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ। छत्रकोट गाउँपालिकाअध्यक्ष रामप्रसाद पाण्डेले देशैभरि सञ्चालन गर्न लागिएको यो कार्यक्रमले हाम्रो घर समाज र टोल सफा गर्नुको साथै आवश्यक व्यक्तिहरुलाई कपडा प्रदान गर्नु मानवीय कार्य हुने विश्वास व्यक्त गर्दै उहाँले मानव सेवाको लागि प्रयोगमा नआएका कपडाहरुलाई पुन प्रयोग भन्ने मूल नाराका साथ सुरु हुने यो अभियानले समग्र गाउँ बासी लगायत देशकै हित हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले हाल गाउँपालिकाको कार्यालयमा कपडा बैंकको कपडा सङ्कलन बक्स राखिने र आगामी आर्थिक वर्षमा पनि थप बक्स समेत सञ्चालन गरिने योजना रहेको भन्दै गाउँवासीलाई पुरानो लत्ता कपडा ,झोला, ब्याग, बेल्ट, तथा दैनिक प्रयोगजन्य सामग्री जम्मा गरी आ – आफ्नो घर टोल समाज सफा पनि हुने र पुण्यको कार्य पनि हुने हुँदा यो कार्यमा सहभागीताका लागि अनुरोध समेत गर्नुभयो ।

प्रयोगमा नआएका कपडा सङ्कलन गरेर पुनःप्रशोधन ( रि -साइकल ) गरी आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने यो कार्यक्रममा जोडिन पाउँदा निकै खुसी लागेको उहाँले बताउनुभयो । क्लोथ एण्ड फुड बैक नेपाल लुम्बिनी प्रदेश संयोजक सुष्मा गौतमले देशका साथै प्रदेशमा यो अभियान सञ्चालन भइरहेको र देशका स्थानीय सरकार तथा विभिन्न संघसंस्थालाई यो अभियानमा सहकार्य गर्न आह्वान समेत गर्नुभयो। मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुन :प्रयोग भन्ने मूल नाराका साथ नितान्त मानवीय सेवा भावले स्थापना गरिएको बैंकबाट अधिकतम सेवा लिन सकिने उहाँले बताउनुभयो। क्लोथ एण्ड फूड बैंक नेपालका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष कमल जिसीले क्लोथ एन्ड फुड बैंक नेपालले आगामी दुई वर्षमा देशलाई कपडामुक्त बनाउने र र २०८२ सम्ममा देशैभर फुड एम्बुलेन्स समेत सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो।

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*