२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण ।

कपिलवस्तु,
रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनको २४औँ स्थापना दिवसको अवसरमा श्री हेमराज माध्यमिक विद्यालय, बाडगंगा ११, कपिलवस्तुमा १०१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।
कार्यक्रम रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष आविष्कार खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व प्रदेश स्वास्थ्य मन्त्री माननीय विष्णु पन्थी रहनु भएको थियो। कार्यक्रमको विशेष अतिथि को रूपमा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष तथा रोटार्याक्टका पूर्व अध्यक्ष बाबुराम बन्जाडे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद चौधरी हुनुहुन्थ्यो भने अतिथिहरुमा विद्यालयका निमित्त प्रधानाध्यापक झबिन्द्र प्रसाद खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष खिमराज बेलबासे, विद्यालय व्यवस्थापन समिति सदस्य बिमला चौधरी, साथै वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरू र विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम मा क्लबका पूर्व अध्यक्ष तथा अध्यक्ष सल्लाहकार लक्ष्मण पन्थिले स्वागत मन्तव्य राख्दै कार्यक्रम को उदेश्य माथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि माननीय विष्णु पन्थीले विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई लक्षित यस्ता कार्यक्रमहरूले उनीहरूको आत्मविश्वास बढाउने र पढाइप्रति सकारात्मक सोच विकास गर्ने उल्लेख गर्दै रोटार्याक्ट क्लबको सामाजिक सेवाप्रतिको प्रतिबद्धताको प्रशंसा गर्नुभयो।
त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद चौधरीले विद्यालयलाई गरिएको सहयोगका लागि क्लबप्रति धन्यवाद व्यक्त गर्दै यस्ता साझेदारीले शिक्षाको गुणस्तर उकास्न मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो।
क्लब अध्यक्ष आविष्कार खनालले मन्तव्य राख्दै रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनले समाजप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य र युवा सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभयो। सोहि अवसरमा क्लबको ३४१औँ नियमित बैठक पनि विद्यार्थीहरूकै बीचमा सम्पन्न गरिएको थियो भने केक काटेर २४औँ स्थापना दिवस उत्साहपूर्वक मनाइएको थियो। कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष बाबुराम बन्जाडेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिद्वार प्रसाद चौधरी लाइ रोटरी चार सुत्रिय कसि ब्यानर प्रदान गर्नु भएको थियो ।


कार्यक्रम सफल बनाउन स्व. हजुरबुवा गंगाराम बन्जाडेको स्मृतिमा नाति योगेश बन्जाडे बाट, जन्मदिनको अबसरमा सरला बन्जाडे बाट तथा सहयोगको रुपमा रमेश शर्मा , लेखनाथ पौडेल तथा धना पौडेल, चन्दन सिजाली, स्वस्ती धिताल , हिमा पोखरेल, शैलेन्द्र यादव र सुनिता के.सी. लगायतका सहयोगीहरूको महत्वपूर्ण योगदान रहेको क्लबले जनाएको छ।
रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनले सामाजिक उत्तरदायित्व बहन गर्दै समुदायका बालबालिका र युवाको भविष्य उज्यालो बनाउन यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव केशव पौडेलले गर्नु भएको थियो ।

 

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love

Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*