औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीको कार्यशाला गोष्ठी सम्पन्न

Spread the love

रामकृष्ण कडेल , जेठ ३० , गुल्मी ।

औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीको आयोजनामा पदाधिकारी, पुर्व कार्यसमिति ,सल्लाहकार तथा सदस्यहरु बीच आइतबार वार्षिक कार्य योजना कार्यशाला गोष्ठी रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारमा भएको छ । “गुणयुक्त असरयुक्त जनसुरक्षित औषधिको आपूर्ति: हाम्रो प्रतिवद्घता ” भन्ने नारासहित स्थापना भएको संघले व्यवसायीहरुको दक्षता अभिवृद्धि गर्नेसंगै वर्षभरी संघबाट गरिने कार्यक्रमको योजना बनाउने उदेश्यका साथ कार्यशाला गरेको हो । नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले कार्यशालाको उद्घाटन गर्दै गुल्मी शाखाले आफ्नो कार्यकालको सुरुवात मै कार्यशाला गोष्ठी गरि जग्गा ब्यवस्थापन र भवन निर्माणको कार्ययोजना सहित थुप्रै नविनतम कार्यक्रम ल्याई उदाहरणीय कार्य गरेको भन्दै संघले ब्यवसाय सङ्गै सामाजिक उत्तरदायित्वमा पनि बिशेष ध्यान दिनुपर्ने बताउनु भयो । ज्ञवालिले शुभकामना मन्तव्य दिदै ब्यवसायीहरुले राष्ट्र विकासको निम्ति र हरेक प्रकारका प्राकृतिक प्रकोप तथा महामारीको बेला अग्र पङ्त्तिमा रहेर योगदान गरेको स्मरण गराउदै औषधि ब्यवसायीहरुलाई राज्यले कुनै पनि सहयोग नगरेकोमा दु:ख व्यक्त गर्नुभएको थियो ।

नेपाल औषधी व्यवसायी संघका गुल्मी शाखा अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कार्यालय प्रमुख युवराज घिमिरेले कार्यशाला गोष्ठीको उद्देश्य माथी प्रकाश पार्दै सस्थागत सुदृढीकरण , सस्थाको पहिचान ,स्थायित्व , व्यवसायीहरुको स्वमुल्याङ्कन , ब्यवसायीको नविकरणको विषयमा रहेको बताउनुभएको थियो । घिमिरेले संस्थागत सम्बन्ध बिस्तारलाई सधै प्राथमिकतामा राखेर अघि भएमा मुलभुत उद्येश्य हासिल हुनेमा आशाबादी रहेको पनि बताउनुभयो । कार्यशाला गोष्टिले संघको भवन निर्माणका लागि जग्गा ब्यवस्थापन ,भवन निर्माण लगायतका ३४ वटा त्रीवर्षिय योजना पारित गरेको छ । संघका लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली ज्ञवाली, प्रदेश कार्यालय प्रमुख , प्रदेश महासचिव लुकराज न्यौपाने लगाएतले कार्यशालामा सहभागिलाई सहजीकरण गरी सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन बाट जनप्रतिनिधिमा निर्वाचित संघका सदस्यहरु छत्रकोट बाट पिताम्बर अर्याल र रेसुङ्गा बाट राम प्रसाद मरासिनी , सल्लाहकार समितिका सदस्यहरू छत्र अधिकारी र लोक बहादुर ज्ञवाली , भवन निर्माणको लागि जग्गा प्रदान गर्नुहुने औषधि ब्यवसायी एवम् संघका गुल्मी शाखाका कोषाध्यक्ष जुवाननन्द बेलबासे ,रेसुङ्गा बहुमुखी क्याम्पसको ब्यवस्थापन समितिमा निर्वाचित हुनुभएकी शाखाकी उपाध्यक्ष पार्वता थापा लगायतलाई सम्मान गरिएको थियो । केपि भण्डारीको संयोजन ,गुल्मी शाखा उपाध्यक्ष पार्वता थापाको स्वागत रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य शेर बहादुर थापा , कमल प्रसाद पाण्डे , संघका पुर्व अध्यक्ष महेश श्रेष्ठ , बिशिस्ट सल्लाहकार चुरामणी पन्थी , बिशिस्ट अतिथि , अतिथीहरु , प्रमुख अतिथी लगायतको शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन महासचिव गणेश श्रेष्ठले गर्नुभएको थियो ।

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*