युवा स्वरोजगारद्वारा ६०% ब्याज अनुदान कार्यक्रम सम्पन्न , किसान हर्षीत

Spread the love

प्रकाश टन्डन (गुल्मी)

श्री नवदुर्गा कृषि सहकारी संस्था लिमिटेड गुल्मी दरबार ३ गौडाकोटको आयोजनामा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषद्वारा ६० प्रतिशत ब्याज अनुदान बितरण कार्यक्रम सम्पन्न गरेको छ । यहि असार ८ गते सम्चालन भएको कार्यक्रममा सभाध्यक्ष प्रेम बहादुर घिमिरे प्रमुख अतिथी गुल्मी दरबार गाउपालिका उपाध्यक्ष तारा थापा , विशेष अतिथी गुल्मी दरबार गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम बहादुर थापा अतिथिहरुमा युवा तथा साना ब्यवसायी स्वरोजगार संयोजक जीवन ज्ञवाली ,खुम बहादुर पल्ली , लक्ष्मी भुसाल , ठग बहादुर कार्की लगायतको सहभागिता रहेको थियो भने स्वागत मन्तव्य मार्फत उपस्थितलाई लिला थापाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रम प्रमुख अतिथी तारा थापाले किसानको हक हितका लागि सदैव काम गर्ने र किसानको आवाज बुलन्द पार्ने साथै श्री नवदुर्गा सहकारी संस्थाले पनि किसानलाई प्राथमिकता राखेर आगमी   दिनमा काम गर्ने बताउनुभएको थियो । त्यस्तै गुल्मी दरबार गाउपालिका वडा नम्बर ३ का वडाअध्यक्ष राम बहादुर थापाले किसानको हक हितको लागि विशेष प्राथमिकता दिएर काम गर्ने बताउनुभएको थियो ।  युवा तथा साना ब्यवसायी स्वरोजगार असुली सहजकर्ता जीवन ज्ञवालीले नवदुर्गा सहकारी सस्था लिमिटेड बाट ३५ लाख लगानी गरि ३८ जना ब्यवसायीहरुलाई ३,४७४३०.९९ बराबरको रकम किसानहरुलाइ ब्याज अनुदान दिएको बताउनुभएको छ । यो कार्यक्रम गुल्मी दरबार गाउपालिकामै पहिलो कार्यक्रम रहेको र किसानलाई लक्षीत गरि आगामी दिनमा पनि विभिन्न कार्यक्रम सन्चालन गर्ने समेत ज्ञवालीले बताउनुभएको छ ।

कार्यक्रममा सहभागी किसानहरुले श्री नव दुर्गा कृषि सहकारी संस्था लिमिटेड बाट कर्जा लगेर कृषिमा लगानी गरि राम्रो आम्दानी गरेर कर्जा तिर्न सहज भएको र ब्याज अनुदान कार्यक्रमले आगामी दिनमा कृषि गर्न हौसला मिलेको किसानहरुले बताएका छन ।युवा तथा खेल्कुद मन्त्रालयको युवा तथा साना ब्यवसायी स्वरोजगार कोष र श्री नव दुर्गा कृषि सहकारी संस्था लिमिटेडले किसानलाइ जिबिका चलाउन सहयोग गरेकोमा सहभागीले धन्यवाद दिएका छन । कार्यक्रम सन्चालन नवीन कुमार रजालीले गरेका थिए ।

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*