ईश्वरी माध्यमिक विद्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रम

Spread the love
  1.  रामकृष्ण कडेल , जेठ १३ गुल्मी ।
गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ स्थित इश्वरी माबिले नवनिर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नं ५, ६ र ७ बाट निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरूलाई सम्मान गरेको छ । कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सरोज कुमार थापा, नवनिर्वाचित उपाध्यक्ष तारा थापा ढेंगा, वडा नं ५ का अध्यक्ष गुणानिधि पौडेल, वडा नं ६ का अध्यक्ष मुकेश थापा र वडा नं ७ का अध्यक्ष शालिकराम टण्डनले मन्तव्य राख्नुभएको थियोे । कार्यक्रममा विद्यालायकी सहायक प्रधानाध्यापक हिमकला रानाको स्वागत मन्तव्य , प्रधानाध्यापक हरि बहादुर कार्कीले समग्र कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । त्यस्तै कार्यक्रममा शैक्षिकसत्र २०७८ मा आधारभूत तह स्तरीय परीक्षा (कक्षा ८) मा गाउँपालिकामा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थी कुशल शाही र उनको अभिभावक ध्रुव शाहीलाई र प्राथमिक तह (कक्षा ५) मा उत्कृष्ट अंक ल्याइ द्वितीय स्थान हासिल गरेकी छात्रा रितिशा शाही र उनको अभिभावक शारदा शाहीलाई सम्मान गरिएको थियो । साथै विद्यालयमा विभिन्न योगदान पुर्याउनुभएका शिक्षकद्वय जोगमोहन शाही र कविता अर्याललाई सोही समारोहमा सम्मान गरिएको थियोे । सोही अवसरमा कक्षा ११ द्वारा कक्षा १२ लाई बिदाइ गर्दै आगामी जेठ १६ गतेदेखि सञ्चालन हुने वार्षिक परीक्षाको सफलताको शुभकामना प्रदान गरिएको थियो ।
कार्यक्रमको बिच बिचमा विद्यार्थीहरूको नृत्यले थप रौनकता प्रदान गरेको थियो । गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिका रूपमा गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेंगा रहनुभएको थियोे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू शिक्षक अभिभावक संघका पदाधिकारीहरूको आतिथ्यता गुल्मीदरबार गाउँ कार्यपालिका सदस्यहरू, विद्यालयका शिक्षक कर्मचारीहरू र विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व शिक्षक अभिभावक संघका अध्यक्ष अम्मर बहादुर कुँवरको रहेको थियोे भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक टोप बहादुर थापाले गर्नुभएको थियो ।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*