गुल्मीदरबार गाउँपालिका पूर्ण खोप सुनिश्चितता घाेषणा

Spread the love

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका पूर्ण खाेप सुनिश्चित भएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेण बहादुर खत्रीले बुधबार एक औपचारिक कार्यक्रममा घाेषणा गरेसँगै गुल्मीदरबार पूर्ण खाेप सुनिश्चित भएको हो ।

गाउँपालिकाकाे स्वास्थ्य शाखाको आयोजनामा सभाहलमा भएको पूर्ण खाेप सुनिश्चितता घाेषणा कार्यक्रममा शाखा प्रमुख नारायण प्रसाद अर्यालले गाउँपालिकामा खाेपकाे अवस्था सम्बन्धमा जानकारी गराएका थिए । उनलेे स्वास्थ्यका सुचककाे जानकारी दिँदै गुल्मीदरबार दीर्घकालीन समयसम्मकाे लागि पूर्ण खाेप सुनिश्चित हुने दाबी समेत गरे । १६ देखि २३ महिनाका बालबालिकालाई लगाउनुपर्ने सबै खाेप लगाइएकोले गाउँपालिका पूर्ण खाेप सुनिश्चित भएको हो । गाउँपालिकाका सबै वडामा रहेका वडा स्तरीय खाेप समन्वय समितिलाई पालिका स्तरीय खाेप समन्वय समितिकाे तर्फबाट प्रमाणपत्र प्रदान गरिएको छ । साथै खाेप सुनिश्चितता कार्यक्रममा सबै वडाका खाेप कार्यकर्तालाई पनि प्रमाणपत्र प्रदान गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले खाेपबाट बालबालिकालाई बञ्चित गराउन नहुने बताइन् । खाेपकाे सुनिश्चिततासँगै गुल्मीदरबार स्वास्थ्य क्षेत्र र अन्य क्षेत्रमा समेत अब्बल बन्दै गएको बताएकी छिन् । उनले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेकाे बताइन् ।

गाउँपालिकाका अध्यक्ष सराेज कुमार थापाले गुल्मीदरबार गाउँपालिकालाई पूर्ण खाेप सुनिश्चित गर्न स्वास्थ्यकर्मीकै भुमिका बढी रहेको बताए । अध्यक्ष थापाले सबै स्वास्थ्यसँग सम्बन्धित कर्मचारीलाई धन्यवाद दिँदै यसलाई दीर्घकालसम्म कायम राख्नुपर्ने बताए । उनले गुल्मीदरबारकाे समुन्नतिकाे लागि आफूहरू एक भएको बताएका थिए । गुल्मीदरबारलाई पूर्ण खाेप सुनिश्चित गर्नकाे लागि स्वास्थ्यकर्मीले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सबै स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयम्सेविकाले जिल्ला समन्वय समिति प्रमुख द्राेण बहादुर खत्रीबाट प्रतिबद्धता सपथ पनि लिएका थिए ।

जिल्ला समन्वय समिति तथा खाेप समन्वय समिति गुल्मीका प्रमुख द्राेण बहादुर खत्रीले जिल्ला स्तरीय खाेप समन्वय समितिकाे तर्फबाट पालिका स्तरीय खाेप समन्वय समिति गुल्मीदरबार गाउँपालिकालाई प्रमाणपत्र प्रदान गरेका थिए । समन्वय प्रमुख खत्रीले स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएकोले सबैभन्दा बढी प्राथमिकता स्वास्थ्यलाई दिनुपर्ने बताए । ‘स्वास्थ्य, शिक्षा र सुशासन महत्त्वपूर्ण सुचकहरू हुन्’, उनले भने “पूर्ण खाेप सुनिश्चित गर्ने गुल्मीदरबारकाे काम प्रशंसनीय छ ।” समन्वय प्रमुख खत्रीले पूर्ण खाेप सुनिश्चित गर्न प्रत्येक वर्ष यसका सबै सुचक सकारात्मक हुनुपर्ने बताए । उनले पूर्ण खाेप सुनिश्चितता गर्नकाे लागि याेगदान दिने सबै स्वास्थ्यकर्मीकाे प्रशंसा गरे ।

पूर्ण खोप सुनिश्चितता घाेषणा कार्यक्रममा सबै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका तथा सराेकारवालाले खाेप सुनिश्चित दीर्घकालसम्म रहनुपर्नेमा जाेड दिएका थिए । उनीहरुले प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । ‘पूर्ण खाेप-सुरक्षित भविष्य’ भन्ने मूल नाराका साथ पूर्ण खाेप सुनिश्चितता घाेषणा भएको हो ।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*