सन्तानको खुशी र सुख आमाका लागि सबैभन्दा ठुलो कुरा हो । हर आमाको रहर हुन्छ आफ्ना सन्तानहरु सधै आफ्नै काख र साथमा होउन । तर जीवन सोचे जस्तो कहाँ हुन्छ र < नेपालीको बाध्यता घरदेशमा रोजिरोटी नहुँदा र साहुको बोझिलो ऋणको भारी विसाउने ठाउँ नपाउँदा जन्म दिने आमा र जीवन सँगीनीको काखलाई जवरजस्ती छोडेर सपनाको भारी बोकेर परदेशको बाटो लाग्नु पर्ने बाध्यताको शिकार बनेका छन् धेरै नेपाली युवाहरु । आमाको चाउरिएको अनुहारमा खुशी ल्याउन र कलकलाउदो जोवान दिएकी जीवन संगीनीका सपना पुरा गर्न पैसा कमाई छिट्टै घर फर्कने वाँचा गरि प्रदेशिएको त्यो परदेशीको सकुसल सास होईन लास घरदेशमा आउदा सानो सपनाको घर गल्र्याम्म गुर्लुम ढल्छ । यता कलकलाँउँदो जोवान पुरै बाँकी भएकी सुन्दर चेलीको भविष्य अन्धकार हुन्छ भने आमाका लागि कोखीको घाउ बनेर जिन्दगीभर दुखिरहन्छ .. यस्तै परदेशीको छोरा र आमाको वियोगान्त कथामा आधारित गीत हो “मेरी आमा”…. नेपाली जन जीवन र वास्तविक कथालाई विषयबस्तु बनाएर लोक जीवनका भोगाईमा आधारित यो मार्मिक गीत र लय शर्मिला बोगटीले सिर्जना गर्नु भएको हो भने यसमा तुलशी पराजुलीको मीठो स्वर रहेको यो गीतमा जुन क्षेत्री सर्मिला बोगटी कृष्ण खड्का नबराज बोगटी आकृति बोगटी अनि पेमा लामाले अभिनय गर्नु भएको छ ।तेस्तै गरि क्यामेरामा प्रकाश टन्डन एरेन्ज सागर बिरहिको रहेको छ भने मिक्सिङ मा कुमार राना रेकडिस्ट ख्य्मन राना इडिट पेमा लामाको रहेकोछ मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीत सार्थक मझेरी युट्यूव च्यानल मार्फत भर्खरै सार्वजनिक भएको छ । यो गीत एकपटक सुनेर र हेरेर प्रतिकृया दिनु हुन हामी सबैमा हार्दिक अनुरोध गर्दछौ ।
सर्मिला बोगटी र तुल्सी पराजुलीको मेरि आमा गीत सार्बजनिक हेर्नुहोस (भडियो सहित)

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …
गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv
Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक …

Be the first to comment