बेरोजगारी समस्या अन्त्यका लागि एक घर एक रोजगारीको व्यवस्था गर्छुः फर्सुराम पाण्डे

Spread the love

आकाश सुवेदी (गुल्मी) ,कात्तिक २० गते,

गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रदेश ख बाट नेकपा एमालेका उम्मेदवार फर्सुराम पाण्डेले गुल्मीको विकास नयाँ भिजनका साथ गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले अहिलेसम्म परम्परागत रुपमा भैरहेको विकासले गुल्मीको आमूल परिवर्तन हुन नसकेको भन्दै आफू निर्वाचित भएपछि गुल्मीको विकासले नयाँ स्वरुप पाउने प्रतिवद्धता जनाउनु भयो । गुल्मीको मूख्य समस्या यहाँको बेरोजगारी रहेको बताउँदै पाण्डेले अव युवाहरुलाई रोजगारीमा जोड्न ‘एग्रो आर्मी’ को परिकल्पना अनुसार अघि बढ्ने बताउनु भयो ।

गुल्मी निर्वाचन क्षेत्र नं. १ ख अन्तर्गत छत्रकोट गाउँपालिकाको पल्लीकोट, हुँगा, बलेटक्सार लगायतका क्षेत्रमा घरदैलो गर्दै पाण्डेले मतदातासमक्ष कृषिमा आमूल परिवर्तन ल्याउन आर्मीको संरचना जस्तै युवाहरुको अलग कृषि बटालियन खडा गरेर कृषिमा आमूल परिवर्तन ल्याउने उद्घोष गर्नुभयो । पाण्डेले त्यसका लागि नयाँ भिजन ल्याउनु भएको छ । ‘ग्रामिण विकासको आधारः उत्पादन र बजार’ भन्ने नाराका साथ कृषिलाई उत्पादनसंग जोड्ने गरि प्रत्येक पालिकाका एक एकवटा उद्योगहरु स्थापना गर्ने प्रतिवद्धता जनाउनु भयो । मतदाताहरुसंग पाण्डेले अव विगतमा जस्तो भोट माग्न आउने र जितेपछि फर्केर नआउने विगतको परम्परा तोडिने विश्वास दिलाउँदै प्रत्येक घरका एकजनालाई रोजगारीमा जोडेरै छाड्ने उल्लेख गर्नुभयो । ग्रामिण बेरोजगारी अन्त्य आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट गर्दै पाण्डेले अव युवाहरुलाई रोजगारीमा जोडेर गुल्मीको सम्मृद्धिमा योगदान दिने जिकिर गर्नुभयो ।

पाण्डेले घरदैलो गर्दैगर्दा मतदाताले अहिलेसम्म गुल्मीको विकास कछुवा गतिमा भएको भन्दै पाण्डेले ल्याएको नयाँ सोँच र भिजनको प्रशंसा गर्ने गरेका छन । उहाँले युवालाई रोजगारी प्रदान गर्न विभिन्न सिपमूलक कार्यक्रम चलाउने प्रतिवद्धता जनाउँदै किसानले उत्पादन गरेको कृषिजन्य उत्पादन बजारको पहुँचसम्म पुर्याउने प्रतिवद्धता समेत जनाउनु भयो । यसैवीच गुल्मी क्षेत्र नं. १ मा नेकपा एमालेले घरदैलो अभियान चलाएको छ । उम्मेदवारहरु मतदाताको घर घरमा पुगेर जनतासामु अव गुल्मीको विकासलाई नयाँ शिराबाट माथि उठाउने प्रतिवद्धता जनाउने गरेका छन ।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*