सन नेपाल लाइफ इन्स्योरेस कम्पनीद्वारा बालबालिकाहरुलाई न्यानो कपडा वितरण

Spread the love

गुल्मी

सन नेपाल लाइफ इन्स्योरेस कम्पनी लिमिटेन्ड तम्घास गुल्मीले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । विहीबार सन नेपाल लाइफ इन्स्योरेसको ५ औँ वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरिएको हो ।

१८ जना सडक बालबालिकालाई व्यवस्थापन गरिएको महेन्द्र माध्यमिक विद्यालयको मिनि होस्टेलमा रहेका सडक बालबालिकाहरुलाई जाडो मौसममा लगाउने सुइटर तथा फलफुल वितरण गरिएको सन नेपाल लाइफ इन्स्योरेस कम्पनीका शाखामा कार्यरत नबिन अर्याल जानकारी दिनुभयो । महेन्द्र नमुना माध्यमिक बिधालयमा आयोजित उक्त कार्यक्रमको संचालन शाखा प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले गर्नुभएको थियो प्रवन्धक क्षेत्रीले आफ्नो कम्पनीको वार्षिकोत्सव को अबसरमा सडक बालबालिकाहरुलाई पालन पोषण र शिक्षा दिई चेतनशिल बनाउन लागी मिनी होस्टलको ब्यवस्था गरी सडक बालबालीका लाई अध्ययनमा संलग्न गराउन सहयोग गर्ने सम्पूर्ण मा धन्यवाद व्यक्त गर्दै उक्त कार्यमा कम्पनीले नजिकिदै गरेको चिसोयाममा केही भएपनी राहत होस भन्ने उद्धेश्य ले न्यानो कपडा बितरण कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सन नेपाल लाइफ इन्स्योरेस कम्पनीले आफ्नो वार्षिक उत्सवको अवसरमा न्यानो कपडा र स्टेशनरी वितरण गरेर पवित्र काम गरेको भन्दै संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशंसा समेत गर्नुभएको थियो । सडकमा माग्दै हिड्ने यी बालबालिकाहरुको पहिले भन्दा अहिले आनाबानीमा फरक आएको बताउनुभयो । यो कामले अन्य जिल्लालाई पनि सकारात्मक सन्देश प्रवाह भएको प्रजिअ पौडेलले बताउनुभयो । महेन्द्र नमुना माध्यामिक विद्यालयका प्रधानध्यापक कृष्ण प्रसाद मरासिनीले जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार र यहाँका राजनितीक दलबाट सडक बालबालिकाहरुको व्यवस्थापन भएकोले सबै ठाउँबाट प्रशंसा प्राप्त गरेको बताउनुभयो । साथै सहयोग गर्ने संस्था सन नेपाल लाइफ इन्स्योरेस कम्पनीलाई प्रधानाध्यापक मरासिनीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेल, शिक्षा समन्वय विकास ईकाइका प्रमुख लोकनाथ मरासिनी, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनी रेसुङ्गा बहुमुखि क्याम्पसका पूर्व क्याम्पस प्रमुख ढुण्डीराज पोख्रेल, समाजसेवी श्याम कुमार पाण्डे, रेसुंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन काउछा, समाजसेवी, शिक्षाप्रेमी, एवम् सन नेपाल लाईफ गुल्मी शाखाका कर्मचारी, अभिकर्ता, मार्केटिङ्ग कोअर्डिनेटर तथा मार्केटिङ्ग म्यानेजर लगायतको सहभागिता रहेको थियो।

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love

Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*