गण्डकी डिजिटल फोटो स्टुडियो २० औ बर्ष पार, बिध्यार्थीलाई सैक्षीक सामाग्री बितरण

Spread the love

प्रकाश टन्डन (गुल्मी)

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको गन्डकी डिजिटल फोटो स्टुडियो ले २० औ बर्ष पार गरेको छ । उक्त अबसरमा फोटो स्टुडियोका ब्यबस्थापक मेघराज पन्थी ले फरक क्षमता भएका बिद्यार्थीहरुलाई सहयोग गरेका छन् । उपल्लो तम्घासमा पढने फरक क्षमता भएका बिद्यार्थीहरुलाई दिवा खाजा तथा शैक्षिक सामाग्री सहयोग गरेका हुन । उपल्लो तम्घास माध्यमिक बिद्यालयमा ३० जना फरक क्षमता भएका बिद्यार्थीहरुले आवास सहित पढ्दै आएका छन् ।

वार्षिक उत्सवको अबसरमा फरक क्षमता भएका विद्यार्थीलाई हौसला प्रदान गर्न सहयोग गरेको पन्थीले बताए । गण्डकी डिजिटल फोटो स्टुडियोका व्यवस्थापक पन्थीले बिद्यालयमा एक कार्यक्रम राखेर दिवा खाजा तथा शैक्षिक सामाग्री सहयोग गरेका हुन् । बिभिन्न उत्सवहरुलाई फजुल खर्च गरेर मनाउनु भन्दा समाजमा रहेका असहाय, अशक्त तथा फरक क्षमता भएकाहरुलाई सहयोग गरेर मनाउनु पर्छ भन्ने मान्यतालाई विकास गर्न सहयोग गरेको पन्थीको भनाई छ । आफनो पसलको वार्षिक उत्सवको अबसर पारेर बिद्यालयमा रहेका फरक क्षमताका विद्यार्थीलाई सहयोग गरेको भन्दै बिद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले धन्यवाद दिइन् । उनले फरक क्षमता भएका बिद्यार्थीहरुलाई समाजका सबै क्षेत्रको सहयोग उक्तिकै रहेको बताइन् । पछिल्लो समयमा यस उपल्लो तम्घास माध्यमिक बिद्यालयमा बिभिन्न संघ संस्थाहरुले आफ्नो बिभिन्न अबसर पारेर सहयोग गर्ने गर्न थालेका छन् ।

समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love

Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५

समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love

Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*