नेपाल औषधि ब्यवसायि संघ गुल्मीमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

Spread the love

रामकृष्ण कंडेल, चैत १२, गुल्मी ।

नेपाल औषधि ब्यवसायि संघ गुल्मीमा हालै निर्वाचित कार्यसमितिले सुक्रबारदेखि पदभार सम्हालेका छन् । तम्घासमा सुक्रबार आयोजित एक समारोहका बीच नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको हो । गुल्मी जिल्ला शाखाको आयोजनामा नवनिर्वाचित अध्यक्ष फर्शुराम पाण्डे , उपाध्यक्ष पार्वती थापा, महासचिव गणेश श्रेष्ठ, सचिव नारायण प्रसाद अर्याल, कोषाध्यक्ष जुवानन्द बेलबासे , उपकोषाध्यक्ष अनन्त अधिकारी र सदस्यहरु हिम बहादुर पौडेल, खिम बहादुर ज्ञवाली, जयप्रकाश भट्टराइलाई पद हस्तान्तरण गर्दै पदभार ग्रहण गराइएको हो । समारोहमा प्रमुख अतिथि औषधि व्यवसायी संघ लुम्विनी प्रदेशका सदस्य कमल प्रसाद पाण्डेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै औषधि व्यवसायमा देखिएका समस्या समाधानका लागि प्रदेश समितिले जिल्ला कार्यसमितिसँग मिलेर काम गर्ने बताए । नवनिर्वाचित अध्यक्ष फर्शुराम पाण्डेले आफ्नो नेतृत्वको कार्यसमितिले तत्काल कार्ययोजना गोष्ठि आयोजना गरि कार्ययोजना सहित सबैलाइ समेटेर काम गर्ने र त्यसमा सबैको सहयोग रहनेमा आफु विश्वस्त रहेको भन्दै प्रतिबद्धता मन्तव्य राखेका थिय । नवनिर्वाचित कार्यसमितिका पदाधिकारिहरु लाइ निर्वाचन समितिका प्रमुख चुरामणी पन्थी र निवर्तमान शाखा अध्यक्ष महेश कुमार श्रेष्ठ प्रमुख अतिथी विषेस अतिथी लगाएतले खादा र प्रमाणपत्रले सम्मान गरिएको थियो भने नयाँ कार्यसमितिले निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठ लाइ खादा र प्रमाणपत्रले सम्मान गरेको थियो । समारोहमा विषेश अतिथी गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले पुरानो कार्यसमिति लाइ धन्यवाद दिदै नयाँ कार्यसमितिले अझै वढि सामाजिक उत्तरदायित्व वहन गर्दै सफल व्यवसायि हुनको लागि अनुरोध गरेका थिए । नेपाल औषधि व्यवसायी संघ गुल्मीका संस्थापक अध्यक्ष एवं प्रदेश सल्लाहाकार सदस्य शेर बहादुर थापाले शुभकामना व्यक्त गर्दै विगतमा औषधि व्यवसायमा थुप्रै समस्या रहेको र सबै व्यवसायी एकताबद्ध ढंगले अगाडि बढि समस्याहरु समाधान गरिएको स्मरण गराउँदै आगामि दिनमा पनि सबै अझै बढि एकताबद्ध भएर जुट्नुपर्नेमा जोड दिदैँ यसका लागि आफ्नो सहयोग रहने कुरा बताएका थिए । निवर्तमान शाखा अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा सचिव नारायण प्रसाद अर्यालको स्वागत मन्तव्य र महासचिव गणेश श्रेष्ठले सञ्चालन रहेको थियो ।

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*