शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप, खस्किदो गुणस्तर सङ्गै बढदो अराजकता

Spread the love

(सबिन के.सि )

बिद्यालय ज्ञानको थलो ,शिक्षक शिक्षिका ज्ञानको सम्वाहक । शिक्षाको पवित्र मन्दिरमा झांगिएको राजनितिको अराजक झुन्डले प्रशासन र शिक्षक दुबैलाइ डर र त्रासमा काम गर्न वाध्य परेका छन । दुई दिन अघि आर आर क्याम्पसमा परिक्षामा चिट चोर्न नपाएको रिसमा शिक्षक माथी विद्यार्थीको आक्रमण यहि झुन्डको उपज थियो । त्यसो त कतै शिक्षकबाट बिद्यार्थी पिडित कतै विद्यार्थीबाट शिक्षक पिडित बनेका घटनाहरु बारबार आउने गरेका छन । केही समय अगि शहरकै एक स्कुलमा होमवर्क नगरेको निहुमा शिक्षकले बिद्यार्थीलाई हातै भाचिने गरि पिटेको घटना बाहिर आयो । दुई दिन अघि मात्र पोखरामा न्यु लाइफ़ स्कुलका ६ वर्षीय बालकले ओच्छ्यानमा पिसाब गर्‍यो भनेर होस्टलकी वार्डेनले बालकको यौनांगमा रबरले बाँधेर सुताउँने गरेको कुरा बाहिर आयो। यी घटना क्रमलाई नियाल्ने हो भने हाम्रो शैक्षिक यात्रा कस्तो र कहा जादैछ भन्ने बुझ्न कठिन नहोला । अझ सरकारी स्कुल कलेजको हबिगत हेर्दा लाग्छ यहाँ ज्ञान होईन पार्टिको सिद्धान्त बाड्ने गरिन्छ । स्कुल कलेजमा प्रत्यक दिन जसो पार्टिगत क्रियाकलाप बढ्दै जानू यो हाम्रो शैक्षिक चुनौतिको पाटो मात्र होईन भविश्यमा हुन सक्ने शैक्षिक दुर्घटनाको कारक पनि हो भन्दा फरक नपर्ला ! शैक्षिक सस्थामा प्रत्यक पार्टिको संगठन बिस्तार अनि सोही अनुरुप स्कुल प्रशासन र शिक्षक शिक्षिका चल्नु पर्ने यो कस्तो अभ्यास । हुदा हुदा अब त परिक्षामा चिट चोर्न नदिए शिक्षक हरु सजायको भागिदार बन्नु पर्ने भए । राजनितिक संरक्षणमा यस्ता अराजक हर्कत गर्ने बिद्यार्थी जमातले परिवार, समाज, समुदाय र रास्ट्रलाई कस्तो योगदान देला ? ज्ञानलो भुमी, अनुशासनको जननी बिकासको पहिलो सुचक बिद्यालयमा हुने गरेका यावत घटनाले हामी एक युग पछि छौं भन्ने आभास मात्र गराएको छैन, राज्य, प्रशासन, राजनिती र न्यायिक नियमावलिलाई समेत खिल्लि उडाएको छ । समग्र विश्व बिकासको एउटा स्वर्णिम युगमा प्रबेस गर्दै गर्दा हामी राजनितिको तितो हस्तक्षेप बाट शैक्षिक सस्थालाइ समेत सुरक्षित राख्न सकिरहेका छैनौ भने बिकासको दुर दृष्टि कसरी सम्भव होला र ! प्रशासन र न्यायलय राजनितिको मुट्ठिमा हुदा शैक्षिक सस्थामा हुने गरेका गम्भीर घटनाका दोशी सजिलै उम्कने गरेका नजिर हामी सामु प्रस्टै छ जसले गर्दा बार बार यस्ता घटना दोहोरिरहेका छन । राजनितिको यस्तो सिधा असर बाट आखिर हामीले कस्तो शिक्षा प्राप्त गर्ने ? कता गइरहेको छ हाम्रो युवा मानसिकता ? परिवर्तनलाई साकर पार्ने आसा र भरोसा युवा पुस्तालाई राजनितिबाट टाढा राख्दै ज्ञानको मन्दिर शैक्षिक सस्था स्वतन्त्र चल्नु पर्ने होईन ? त्यसो त शिक्षक शिक्षिकाबाट बिद्यार्थी माथी हुने गरेको यातनालाई समेत केलाउदा यी सबै पक्षलाई नैतिक, व्यवहारिक, मानवीय पाठ पढाउन नितान्त आवश्यक देखिन्छ।

समाचार

काठमाडौंमा ‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन

Spread the love
Spread the love‘All Top Groups’ र ‘Chimeki Cafe’ को आज एकैसाथ भव्य उद्घाटन काठमाडौं, साउन ०३। नेपालको डि जि टल …
समाचार

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

Spread the love
Spread the loveस्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीद्वारा हस्तान्तरण बुटवल, असार ५ …
समाचार

चारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Spread the love
Spread the loveचारपाला रुपन्देही सम्पर्क समाज तथा मिरा ट्रष्टको आयोजनामा चौथो रनिङ शिल्ड हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मीदरबार …
समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love
Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको …
समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love
Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट …
समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love
Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो …

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*